इटहरीः कतारमा जारी फिपा विश्वकप फुटवलको बिहिबार भएको खेलमा ब्राजिलले सर्विया माथि २ गोल गर्दै विजय शुरुवात गरेको छ । 

 पाँच पटकको च्याम्पियन ब्राजिलका लागि बिहिबार कतारको लुसाइल स्टेडियममा भएको खेलमा सर्बियालाई २–० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो ।

गोल रहित बराबरी भएको पहिलो हाफ पछि दोस्रो हाफमा ब्राजिलका लागि खेलाडी रिचार्लिसनले २ गोल गर्न सफल भए । 

खेलको ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए ।

जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै ३ अंक जोडेको छ । ३२ राष्ट्रको सहभागितामा कतारमा भइरहेको विश्वकप डिसेम्बर १८ तारिख सम्म चल्नेछ ।