इटहरीः थुपै उपाधि र गोल्डेन बुट समेत जितिसकेको विश्वप्रशिद्ध फुटवल खेलाडी रोनाल्डोले नेतृत्व गरेको पोर्चुगलको टिम आज कतार विश्वकपमा प्रतिस्पर्धामा आउँदै छ । 

अफ्रिकी मुलुक घानासँगको प्रतिस्पर्धामा आउने आज बिहिबारको खेललाई रोचकता पुर्वक हेरिएको छ । 

पोर्चुगलले विश्वकपमा आफ्नो सानदार  सुरुवात घानाविरुद्ध गर्नेछ । बिहिबार दिउँसो  घानाविरुद्ध खेल्दै आफ्नो पहिलो खेल खेल्न लागेको पोर्चुगल युरोकप २०१६ का विजेता समेत हो । 

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले सन् २०१८ को विश्वकपमा भन्दा राम्रो प्रदर्शन गर्न चाहान्छ ।  यो क्रिष्टियानो रोनाल्डोको अन्तिम विश्वकप हुन सक्छ र स्ट्राइकर प्रभाव पार्न चाहन्छन्। 

विश्वकपमा पूर्ण रूपमा केन्द्रित भएका रोनाल्डो  आफ्नो राष्ट्रको लागि  राम्रो प्रदर्शन गर्न चाहान्छन् । 

घानाले पनि विश्वकपमा राम्रो प्रदर्शन गर्न चाहान्छ । घानाका लागि खेलाडी  मोहम्मद कुडुस र इनाकी विलियम्सले टोलीमा स्थान बनाउन सक्ने अपेक्षा गरेको छ ।