इटहरीः जारी कतार विश्वकप फुटबलको बुधबार भएको खेलमा स्पेनले सानदार विजयी सुरुआत गरेको छ ।

बुधबार भएको खेलमा कोस्टारिकालाई सानदार ७ गोलको अन्तरले हराउँदै आफ्नो विजय शुरुवात गरेको हो । 

दोहाको अल थुमामा स्टेडियममा भएको खेलमा स्पेनका लागि फेरान टोरेसले दुई गोल गरेका थिए भने डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल गरे ।  

एकतर्फी खेलमा स्पेनले ११ औं मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । खेलको २१ औं मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २–० को बन्यो । खेलको ३१ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरे भने खेलको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए । 

खेलको ७५ औं मिनेटमा गाभीले गोल गरे भने खेलको ९० औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६–० को अग्रता दिलाए ।

पछि थपीएको समयमा स्पेनका लागि  मोरटाले गोल गर्दै स्पेनलाई ७–० गोलको फराकिलो जित दिलाए ।

यस जितसँगै स्पेनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।