इटहरीः बुधबार भएको कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले शान्दार जित निकालेको छ  ।

दोहा स्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २ -१ गोल अन्तरले हराएको हो ।

युरोपको गतिलो टिमलाइ जपानले दबाबमा राख्दै  गर्दै उत्कृष्ट जित निकाल्न सफल भयो ।

खेलको ३३ औं मिनेटमा जर्मनी का इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाए । 

दोसो हाफमा जापानले उत्कृष्ट प्रदर्शन गर्यो ।

खेलको ७५ औं मिनेटमा जापान का  रित्सु डोनले गोल गर्दै जापानलाई १- १ गोलको बराबरीमा ल्याए । मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् ।

त्यसपछि खेलको ८३ औं ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाए । जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।