इटहरीः फिफा विश्वकपमा सफल राष्ट्रको रुपमा दर्जिएको जर्मनी कतार विश्वकपमा आज पहिलो खेल खेल्दैछ । 

मध्यपुर्वको राष्ट्र जापानसँग प्रतिस्पर्धामा उत्रिने जर्मनीलाई धेरैले विजेताको रुपमा समेत हेरेका छन् तर खेल भने मैदानमा आएपछि मात्रै थाहा हुन्छ । 

फिफा विश्वकप फुटबलमा जर्मनीको छुट्टै बिरासत बोकेको जर्मनी समू ‘ई’ मा रहेको जापानबीचको खेल नेपाली समय अनुसार भरे साँझ ६ः४५ बजे सुरु हुनेछ ।

दोहाको खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेलमा जर्मनी र जापान दुवैलाई चुनौती छ छ नै तर बिराशत जोगाउने अवसर पनि उत्तिकै छ । 

२०१८ को रुस विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनीले कस्तो प्रदर्शन गर्ला त्यो भने हेर्न बाँकी नै छ ।

१९९८ बाट विश्वकपमा आफ्नो यात्रा शुरु गरेको जापान त्यहाँबाट हरेक संस्करणमा खेल्दै आइरहेको छ । २०१८ को विश्वकपमा समूह चरण पार गरेको जापानले यस पटक पनि जापान पुरानो बिरासतलाई जोगाउन चाहान्छ  । जर्मनीविरुद्ध मैदान उत्रदा जापान ३ अंककै लागि खेल्ने छ । यस अघि सन् २००४ मा जर्मनीले जापानलाई ३ गोलले हराएको थियो । 

भने सन् २००६ मा भने जर्मनी र जापानबीच २–२ गोलको बराबरी भएको थियो । जर्मनी र जापानले मुख्य प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।