इटहरीः कतारमा जारी फिफा विश्वकपमा मंगलबार भएको अर्जेन्टिना र साउदी अरविया बिचको खेलमा साउदी अरवले जित निकालेपछि साउदीमा खुसियाली मनाइएको छ । 

साउदीका राजा मोहम्मद सलमानले एक दिन सार्वजनिक विदा दिने घोषणा गरेका छन् । मंगलबार दिउँसो नेपाली समय अनुसार ३.४५ बजे भएको खेलमा साउदी अरवले  अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि साउदी अरबमा राष्ट्रिय बिदा घोषणा गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 

अर्जेन्टिनाको हारमा मेसी र अजेन्टिनाका फ्यानहरु भने तनावमा छन् । उपाधी जित्ने आशा गरिएको टिमले पहिलो खेलमै हार व्यहोरेपछि क्याप्टेन लियानल मेसी माथि फ्यानको भरोषा घटेको छ । 

विश्वकप फुटवलको मैदानमा अर्जेन्टिनाले मंगलबार ३२ बर्ष पछि पहिलो खेलमै हार व्यहोरेको हो ।