रौतहटः पछिल्लो मतगणनाको परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट नेकपा( एसं)का माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । 

पछिल्लो परिणामअनुसार अध्यक्ष नेपालले ९ हजार ७४९ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताले ८ हजार ८६४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको  जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

नेता नेपालले सुरुवाती समयदेखि अहिलेसम्म अग्रता कायम राखेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले बताए । नेता नेपाल ८८५ मतले अगाडि रहेका छन् ।