काठमाडौंः नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ४० लाख जरिबाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु ४० लाख जरिबाना ठहर भएका कामरू कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिबाना ठहर भई फरार रहेका दाहाललाई धादिङको गल्छीबाट पक्राउ गरेको हो ।

कामरू कन्स्ट्रक्सन प्रालिका सञ्चालक दाहालले विसं ०७७ मङ्सिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।

पक्राउ दाहाललाई आज जिल्ला अदालत पाटनको आदेशानुसार कैद भुक्तानका लागि नख्खु कारागार पठाइएको ब्युरोले जनाएको छ । रासस