काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीलाई भोलि अन्तिम रुप दिने भएको छ ।

केन्द्र्रीय सचिवालय बैठकबाट बन्दसूची टुङ्ग्याउन लागिएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकको समय भने निर्धारण भइसकेको छैन । दुवै तहका निर्वाचनमा उम्मेदवारी दिनेहरुको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।