काठमाडौँः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अँगालो हाल्दा उनले आफूलाई छुरा रोपेको आरोप लगाएका छन् । 

बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले आफूलाई पार्टीको सबै जिम्मेवारीबाट हटाएर छुरा रोप्ने हर्कत गरेको ओलीको भनाइ थियो ।

सम्बोधनका क्रममा ओलीले भने, “मैले प्रचण्डलाई आउनुस मित्र एकीकृत पार्टी बनाऔंँ, बलियो वामपन्थी पार्टी बनाऔँ, एकताबद्ध भएर अघि बढाऔँ भनेर प्रचण्डलाई अध्यक्ष बनाएर मेरो छेउमा ल्याएर राखेको थिएँ मानसम्मानका साथ मेरो छेउमा मैले अँगालो हालेको थिएँ प्रचण्डलाई, हात मिलाएको मात्रै होइन । तर, प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे । म सचेत त थिएँ । नभन्दै मैले अँगालो हालेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे ।”