काठमाडौँः काठमाडौँ महानगरपालिकाले आगामी असोज १ गतेबाट सार्वजनिक स्थानमा धुमपान गर्न निषेध गर्ने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिका, नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । “असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ,” महानगरले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “सार्वजनिक स्थलमा धुमपान र सुर्तिजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धुमपान तथा सुर्तीजन्य पदार्थ मुक्त गर्ने गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न  सबैमा अनुरोध छ ।”

सार्वजनिक स्थानमा धुम्रपान गर्ने जोकोहीलाई सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार कारबाही गर्ने चेतावनी महानगरले दिएको छ ।

012825820Capture