इटहरीः सुनसरीको इटहरीमा रहेको प्रादेशिक रंगशालामा प्रदेश छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रम राखिने भएपछि यसको सरसफाइ सुरु गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको प्रादेशिक रंगशालाको इटहरी वडा नम्बर ९ का वडाध्यक्ष जितेन थापा र इटहरी वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेलको अगुवाइमा सरसफाइ स’रु गरिएको हो ।
शनिबार इटहरीमा सक्रिय रहेको बुल्स–११ क्लबको अगुवाइमा इटहरीवासी जनताहरुले क्षेत्रीय रंगशालामा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरे । लोकतान्त्रिक खेलकुद संघ प्रदेश न.१का महासचिव अनुरोध थापा, पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ ,सुनसरी जिल्ला खेलकुद बिकास समितिका सदस्य केशव कार्कीलगायत अन्य विभिन्न क्लबमा आबद्ध युवायुवतीको सक्रियतामा इटहरी रंगशाला सरसफाइ गरिएको हो ।
केही दिनअघि मात्र प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले प्राविधिक टोलीसहित उक्त रंगशालाको निरीक्षण गरेका थिए । पूर्व राखेप सदस्यसचिव केशवकुमार बिष्ट सहितको टोलीले गरेको निरीक्षणपछि इटहरीको रंगशालामा प्रदेश छनौट खेलको उद्घाटन कार्यक्रम गर्ने तयारी गरिएको छ ।