इटहरीः पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट आज खटिएको अनुगमन टोलीले दमकमा मोटरसाइकल चालकलाई प्रशिक्षण दिएको छ ।

निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईं तथा ट्राफिक प्रहरी कार्यालय दमकका कार्यालय प्रमुख सहितको टोलीले बढी दुर्घटना हुने स्थान दमकको कृष्ण मन्दिर छेउमा चालकलाई सचेतना दिएको बताइएको छ ।

मोटरसाइकल तथा साना सवारी साधनका चालकलाई जम्मा गरी ओभरटेक गर्दा लाइटको प्रयोग गर्ने तरिका लगायतका विविध ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ ।