टोक्योः जापान सरकार आफ्ना युवा वयस्कहरूको बानी परिवर्तन गर्ने एउटा नयाँ अभियानमा लागेको छ । 

जापानको अहिले नयाँ पिँढीले आफ्ना अभिभावकहरूको तुलनामा कम परिमाणमा रक्सी पिउने गरेका छन् । तसर्थ, चामलबाट बन्ने वाइनको बिक्रीबाट उठ्ने सरकारी राजस्वमा अहिले तुलनात्मक रूपमा कमी भइरहेको छ । 

राष्ट्र्रिय कर निकायले रक्सी पिउने बानी वा परम्परालाई पहिलेकै स्थितिमा दोहो¥याउन एउटा राष्ट्रि«य प्रतिस्पर्धा नै गराउने अवस्थामा पुगेको छ । ‘सेक भिभा !’ नामक अभियानले मदिरा सेवनलाई थप आकर्षक बनाएर मदिरा उद्योगलाई प्रवर्द्धन गर्ने आशा लिइएको छ । 

सो प्रतिस्पर्धामा २० देखि ३९ वर्ष उमेरका युवायुवतीलाई आफ्ना साथीहरूमाझ जापानी पेय सेक, सोचु, व्हिस्की, बियर वा वाइनको प्रयोग र माग वृद्धि गराउन आफ्ना व्यापारिक विचार फैलाउन आग्रह गरिएको छ । 

कर निकायले चढ्दो उमेरका जापानीहरूले मदिरा पिउन कम गरेको र कोरोना महामारी फैलिँदा युवाहरूले पनि कम मदिरा पिउने बानी बसालेको बताएको छ । 

मदिरा बिक्री वितरणमा तीव्रता ल्याउन सरकारले आर्टिफिसियल इन्टेलिजेन्सको समेत प्रयोग गर्ने योजना बनाएको छ ।

सरकारको नीतिप्रति मिश्रित प्रतिक्रिया आइरहेका छन् । केहीले जनतालाई अस्वस्थकर बानीतर्फ प्रोत्साहित गर्न लागेको भन्दै आलोचना गरेका छन् । -बीबीसीबाट