इटहरीः नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार नगर्न सरोकारवालालाई सचेत गराएको छ ।

नेपालमा क्रिप्टोकरेन्सीलाई सरकारले अवैध घोषित गरेको भएपनि विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा एजेन्सीहरु त्यसको कारोबारमा संलग्न रहेको भन्दै राष्ट्र बैंकले कारबाहीको चेतावनी दिएको हो । कुनै पनि प्रकारका भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्स (स्टेबलक्वाइन्ससहित), पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फन्ड कारोबार गरेको वा गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङसम्बन्धी कार्य गर्ने तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र राष्ट्र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा त्यस्ता क्रिप्टोको कारोबार गैरकानुनी रहेको सूचनामा स्पष्ट पारिएको छ ।

298469998_531441105446449_1137033045805608426_n