इटहरीः आगामी मङ्सिर ४ गते हुन गइररहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सत्तााधारी गठबन्धनमा आबद्ध पाँच दलबीच तालमेल हुने भएको छ ।

सरकारमा सहभागी पाँचै दलका अध्यक्षहरुबीच तालमेलल गरी चुनावमा उत्रने लिखित सहमति भएको छ । सहमतिबमोजिम संसदीय सिट बाँडफाँटको विषय टुुङ्गो लगाउन कार्यदल पनि गठन गरिएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेको गठबन्धनले जनाएको छ ।

297610045_1087219251908738_2393899918923256599_n