काठमाडौँः नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पार्टीका विपद् व्यवस्थापन विभागका प्रमुख    डा. गंगालाल तुलाधरले हालै खोटाङ आसपासमा गएको भूकम्पले गरेको क्षतिको अध्ययन गर्न सरकारसँग माग माग गरेका छन् ।

premier add.

उनले कतिपय स्थानीय  निकायहरूबाट त्यसबारेमा मागसमेत भई आएको भन्दै  पालिकाहरूमा भूकम्पीय विपद जोखिम र क्षतिको तत्काल अध्ययनको आवश्यकता औँल्याएका हुन् । नेपाल सरकारअन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदका विज्ञ सदस्यसमेत रहेका तुलाधरले क्षतिको माग गर्दै कतिपय स्थानीय निकायहरूले माग समेत गरेको र वर्षा सँगैको भूकम्पले जनधनको के कति क्षति भएको हो त्यसको यथार्थ विवरण संकलनसहित आवश्यक क्षतिपूर्ति र सहयोगसमेत सरकारको तर्फबाट गर्नुपर्ने भन्दै अविलम्ब अध्ययन टोली त्यसतर्फ पठाउन नेपाल सरकारसँग माग गरेका छन् ।

kasturi add.

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ । हालसम्म संकलित विवरणअनुसार एक घर पूर्ण रूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जिल्ला विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको ६ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको छ ।

साकेला गाउँपालिकाका अनुसार भूकम्पको केन्द्रविन्दु साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको छ । जसमध्ये बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा एक सय पाँच र मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो ।

भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिए । उनका अनुसार जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पको क्षतिको वितरण तीन दिनभित्र दिन आग्रह गरिएको छ  ।