इटहरीः तनहुँको खहरेमा सञ्चालित मिडल इस्ट कराँते डोजोले शुक्रबार सम्पन्न भएको प्रथम राइनास जिल्लास्तरीय कराँते प्रतियोगितामा तीन स्वर्णसहित ८ वटा पदक जित्न सफल भएको छ । 

गत वर्षदेखि मात्र सञ्चालनमा आएको मिडल इस्ट कराँते डोजोले स्थापनाको छोटो समयमै राम्रो सफलता पाएको छ । हेटौँडामा सम्पन्न प्रथम राइनास जिल्लास्तरीय कराँतै प्रतियोगितामा कुमुतेतर्फ मिडल इस्टका सरोज  गुरुङ्गले स्वर्ण पदक पाए भने सञ्जित श्रेष्ठले स्वर्ण पदक र पुष्कर श्रेष्ठ, राहुल गुरुङ्ग, आयुष  गुरुङ्ग, सुप्रिना गुरुङ्ग र रंजित सुनारले कास्य पदक पाएका थिए यसैगरी, देवराज गुरुङ्गले भने रजत पदक पाएका थिए ।

sushma add.

त्यसैगरी, मिडल इस्टका सरोज गुरुङ्ग र देवराज गुरुङ्गले एकल काँटा तर्फबाट पनि पदक जितेका थिए । सरोजले स्वर्ण पदक पाए भने देवराज गुरुङले कास्य पदक जित्न सफल भएको मिडल इस्ट कराँते डोजोका सञ्चालक तथा प्रशिक्षक राम घलेले प्रदेश पोर्टललाई बताए ।