इटहरीः नेपाली सांगेतिक क्षेत्रमा विगत १५ बर्षदेखि अनवरत रुपमा संघर्ष गरिरहेकी गायिका अञ्जु गौतमको चर्चा एकपछि अर्को प्रस्तुती संगै चुलिँदै गईरहेको छ ।

लोकगीतबाट नेपाली सांगेतिक क्षेत्रमा प्रवेश गरेकी उनि यतिबेला सबै खालका गीतहरु गाउन सक्ने क्षमताकी गायिका बन्न सफल पनि भएकी छन् ।

संगीत क्षेत्रमै आफ्नो उज्वल भबिष्य देखेकी उनी पछिल्लो समय गीत संगीतमै थप प्रगति र संघर्षका लागि संघीय राजधानी काठमाण्डौंमा रहेर आफ्नो सांगेतिक यात्रालाई निरन्तरता दिईरहेकी छन् ।

यहि सोमबार मात्रै उनले चर्चित गायक सुमित खड्कासंग लोक आधुनिक गीत रेडर्क गराएकी छन् । विदुर खड्काको लय शब्दको गीतमा अञ्जुको सुमधुर स्वर सुन्न सकिन्छ ।

284609754_998240940829814_1579893877863214148_n

२५० भन्दा बढी गीतमा आफ्नो स्वर दिईसकेकी अञ्जुले शम्भु राईसंग गाएकी ए नि हौं...., ढाका टोपी काँधैमा गलफन, धनकुटा हिले पाख्रीबास, बारी वर पारी पिपल खोलीमाथि पुल...,झुम्के मायालु, फुलको थुंगा टिपी, बाँसैको टाटी, पूर्वको किरण, माछी बस्यो लेउमा, काउली फुल्ने बन्दा बेरिने लगायतका गीतहरु चर्चित छन् ।

उनले दर्जनौ चलचित्रका गीत, भजन , राष्ट्रिय गीतहरुमा समेत आफ्नो स्वर दिएकी छन् । त्यती मात्रै होइन् उनले राई, लिम्बू र तामाङ भाषाका गीतमा पनि स्वर दिएकी छन् ।

हालसालै अञ्जुले म्युजिक खबरको म्युजिक अवार्ड समेत हात पारेकी छन् । उनले गायक शम्भु राईसंग स्वर दिएको पूर्वेली भाकाको ए नि हौं... बोलको गीतबाट उत्कृष्ठ गायिकाको अर्वाड प्राप्त गरेकी हुन् ।

284289846_351083860459555_1616469774972362967_n

यसअघि उनले जापान, दुवईबाट गोल्बल म्युजिक अवार्ड हात पारेकी थिइन् । उनले इटहरीबाट प्रत्येक बर्ष प्रदान हुने पूर्वेली म्युजिक अवार्ड पनि हात पारेकी थिइन् । उनले माधव दाहालसंग गाएको एक सरे माया बोलको गीतबाट सो अर्वाड हात पारेकी हुन् ।

अब केही दिनमै उनले गाएका तेह्रथुमको डाँडामा माया लगाउने चौतारी..., कोरीपनि दियौं आमा बाटीपनि दियौं आमा.....माछी बस्यो लेउमा...बोलका गीतहरु म्युजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक हुने गायिका अञ्जुले जानकारी दिइएकी छन् ।

अहिलेको नेपालको परिवेशलाई सुहाउँदो व्यङ्गात्मक गीत खाली खल्ती जे गरे नी गल्ती, भरी खल्ती जता ततै चल्ती हाम्रो नेपालमा रेकर्डिङको तयारीमा रहेको गायिका अञ्जुले बताइन् ।

कोरोनाका कारण विगत दुई बर्षदेखि तीज गीत रेकर्डिङ गर्न नपाएकी गायिका अञ्जु यसपालिका भने दमदार नेपाली तीज गीत लिएर श्रोतासामु ल्याउने तयारीमा छिन् ।

284359462_545436623833943_5722187643093787377_n