धरानः धरानको घोपा बचाउ आन्दोलन अनौठो मोडमा पुगेको छ । कुनै बेला आन्दोलनको सहयात्री बनेका पात्र आज धरान उपमहानगरको सबैको चासो भएको कुर्सीमा पुगेका छन् अर्थात नगर प्रमुख बनेका छन् ।

जतिवेला धरानमा घोपा बचाउ आन्दोलन शुरु हुँदै थियो त्यतिवेला उनी आन्दोलको प्रमुख भुमिकामा हुन्थे र समर्थनमा आन्दोलन गर्थे । आज मंगलबार घोपा बचाउ आन्दोलनको ५० औँ दिन संयोगले मेयरको पदभार सम्हालेर हर्क साम्पाङ्ग राई त्यहीँ पुगे र आन्दोलनमा आफ्नो पनि ऐक्यवद्धता व्यक्त गरे ।

282654163_157085766854495_1710534583908935192_n

आन्दोलनमा स्वत स्फुत आएका युवाहरुले जिन्दगीसँग खेलवाड गर्न पाइदैन भ्रष्ट प्रशासन चाहिदैन, सके उचित चिकित्सा उपकरण देउ नसके राजीनामा देउ, आमा बेच्नेलाई छाड्दैनौ,भ्रष्ट्राचारको जालो तोड्ने हाम्रो पालो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सडकमा बसेका थिए । ५० दिन देखि सुरु भएको यहि प्रकारको आन्दोलन हरेक दिनको ४ बजे शुरु हुने गरेको छ ।

आन्दोलनमा धेरै जसो युवा हरु सहभागी हुने गरेका छन् । उनिहरुले राम्रो काम गर हाम्रो साथ छ नत्र लात छ,आइसियु वेड भिआईपीलाई मात्रै होइन सर्वसाधारणलाई पनि दे जस्ता नाराहरु बोकेका पाइन्छन् । घुम्तीमा भेट भो जनताको मर्म बुझ्न लेट भो, सरकार कि त जाग कि त भाग जस्ता नाराहरु समेटिएका छन् ।

283238636_157085833521155_260104307375530505_n 283682884_157085800187825_508190187214261805_n 282328342_157085620187843_4645475880297152395_n 282003782_157085643521174_3050487174848476054_n 281754312_157085663521172_3351587765926888615_n 281761478_157085743521164_6722776323073297128_n 283589101_157085783521160_6704460006449612221_n 282632621_157085536854518_6660528462144203978_n 281142112_157085513521187_2515535671958366236_n