इटहरीः आलुको कोविसे प्यार होगया, उसमेसे टमाटर लाल होगया...., न त उनी गीतकार न त संगीतकार नै तर उनले गाएको यो गीत स्टेजमा घन्किँदै गर्दा तालिको पर्रा निकै बेरसम्म घन्किरहयो । चारहजार भन्दा माथि दर्शक दिर्घाको परर तालि सुन्दै गर्दा निकै मख्ख परे प्यासिफिक एसिया ट्राभल एसोसियसनका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बराल ।

उनलाई भान्सासँग सम्बन्धित गीत सुनाउने अवसर जुराइदिएको थियो सुनसरीको इटहरीमा आयोजित घुमौँ पुर्व भन्ने नारा सहितको फुड एण्ड बेभरेज मेला । फुड ड्रिक्स एण्ड म्युजिक अर्थात खाना, पिना र संगीत भन्दै होटल तथा लज व्यवसायी समिति इटहरीको मुख्य आयोजना तथा प्रिमियर होटल स्कुलको व्यवस्थापनमा भएको मेलाको मुख्य आकर्षण थिए बीबीसी मास्टर सेफमा रिम्याज विनर बनेर हरेक नेपालीको उच्च छाती बनाइदिएका सेफ सन्तोष साह ।

278776330_420046826788933_7704120083520864207_n

गीत संगीतका पारखीहरु एक थरी थिए अनि एक थरी मास्टर सेफ सन्तोष साहका फ्यानहरु इटहरी रंगशालाको खाली चौर छपक्कै ढोकेको थियो संगीतमय माहौलले । इटहरी उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड तथा अन्य थुप्रै संस्थाको सहयोगमा आयोजना भएको कार्यक्रममा संगीत तर्फ मनोरन्जन दिन लोकप्रिय गायकहरु प्रमोद खरेल, रचना रिमाल र समिर श्रेष्ठ समेत आएका थिए । सन्तोष साहसँगै संगीत र खानाको समेत मज्जा लिन इटहरीलाई सहज होस भनेर कार्यक्रमलाई संगीतसँग जोडेको मुख्य व्यवस्थापकको जिम्मा लिएको प्रिमियर ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार भुषालले बताए ।

कार्यक्रमको आयोजक र व्यवस्थापकले मास्टर सेफ सन्तोष साहलाई सोही कार्यक्रमका विच सम्मान पत्र र मायाको चिनाले सम्मान समेत गर्न भ्यायो । दोस्रो पटक इटहरी आएका सेफ सन्तोष साहले एउटा खानाको कनेक्सनबाट मात्रै पनि पर्यटकलाई भित्राउन सकिन्छ खानामा पनि त्यति ठुलो शक्ति हुन्छ जसले आगन्तुकलाई तान्न सक्छ भन्ने भनाई राखे ।

279084002_420046580122291_6289887771981054912_n

पर्यटकिय हिसावले प्रदेश एक ठुलो सम्भावनाको ठाँउ भएको बताउँदै साहले आफुलाई पर्यटकिय सहिवले प्रदेश एक एकदमै मनपर्ने बताए । गर्मी भए जाडो ताप्न भेडेटार जान सकिने र चिसाको मज्जा लिन सकिने सन्तोषको भनाई थियो ।

नेपाली खानासँगको कनेक्सनले पर्यटकलाई तान्न सक्ने भएकाले पाटाको आयोजनामा सन्तोष साहलाई नेपाली खानाको प्रचार प्रसार सहित विश्वका ३० वटा देशको भ्रमण गराउने कार्यक्रम पक्का भएको पाटाका अध्यक्ष सुरेश सिंह बरालले समेत बताए ।

कार्यक्रममा समावेश गरिएको जुम्बा नाच, होटल प्रिमियर स्कुलका विद्यार्थीहरुको प्रस्तुत गरेको क्याट वाक तथा नृत्यले समेत सुगन्धित बनाएको थियो ।

278839385_420046633455619_876320292397650077_n

होटल तथा लज व्यावसायी समिति इटहरीका अध्यक्ष उमानाथ दाहालको सभापतित्वमा भएको कार्यक्रममा सोही संस्थाका महासचिव दिपक पोखरेलले स्वागत मन्तव्य राखेका थिए । सुनिल तिम्सिनाले संचालन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, प्रदेश पर्यटनका पदाधिकारी, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम लगायतका अतिथीहरु आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

278735814_420046996788916_5218800918534665915_n