इटहरीः स्कुटी चोरी गर्ने २ जनालाई चोरी गरिएको स्कुटी सहित इटहरी प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार राती साढे ८ बजे इटहरी २० बस्ने जितबहादुर राई र दिनेश दर्नाललाई इटहरी १९ पटेर्वा चौंकमा स्कुटी सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनीहरुले पौष २८ गते बिहानका राती १ बजेको समयमा इटहरी १९ सूर्य टोल बस्ने मदिका राईको घरबाट प्र.१-०२-०४३ प.८६९९ नं। को स्कुटर चोरी गरेका थिए ।
स्कुटी चोरी भएको निवेदन इलाकामा राई दिएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनिहरुलाई स्कुटी सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकृत केबशकुमार कटवालले जनाकारी दिए ।