नेकपा समाजवादीको बराहक्षेत्र ४ को अध्यक्षमा मानपुर

  • माघ ७, २०७८
  • ३३३ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

 इटहरी :नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले बराहक्षेत्र ४ मा वडा कमिटि घोषणा गरेको छ ।
शुक्रबार नेकपा एस बराहक्षेत्र नगरकमिटीको आयोजनामा भएको वडा भेलाले मानपुर चौधरीको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो ।
घोषणा भएको वडा कमिटीको उपाध्यक्षमा तुलाराम चौधरी, सचिवमा भिष्मकुमार विष्ट सहित संगिता राजधामी, भजनलाल चौधरी, सत्रुधन साह, दिपक राजधामी, छत्रबहादुर कार्की, कुलदिप चौधरी, सियाराम साह, बलदेव ठाकुरलगायत रहेका छन ।
वडाकमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सीनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तिम्सीनाले नेकपा एस कम्युनिष्ट आन्दोलनका उपलब्धीको रक्षा गर्दै जनताका अधिकारलाई सुनिश्चीत गर्न केपि ओली प्रवृतिका विरुद्ध खडा भएको राजनितिक दल भएकाले नेकपा एस कम्युनिष्ट आन्दोलनको मुलधार भएको बताए ।
केन्द्रिय सदस्य तिम्सीनाले नेकपा एमाले कम्युनिष्टका नाममा जनतालाई भ्रममा राखेर दक्षिणपन्थीहरुको सेवामा सक्रिय निजी कम्पनी भएकाले एमालेबाट विद्रोह गरि नेकपामा समाहित हुनेहरुको सख्याँ बढदै गएकाले आगामी दिनमा हुने निर्वाचनपछि केपी ओलीको एमाले नाम गरेको कम्पनी बन्द हुने ठोकुवा गरे ।

272247640_447041450213954_1039518556292173020_n
कार्यक्रममा नेकपा एसका प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, दुर्गा कन्दवा, परमानन्द पौडेल, जिल्ला उपाध्यक्ष सिताराम पराजुली, जिल्ला सदस्यहरु गुरुप्रसाद अधिकारी सोम राई, कल्पना पोखरेल, मोहन श्रेष्ठ, नगर अध्यक्ष चन्द्र थापा, सचिव पुष्प राजधामी, विद्यार्थी नेताहरु शिशिर भारद्धाज, प्रजिन आचार्यलगायतको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

लन्डनः विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान ...

धरानका मेयर हर्क साम्पाङ्ग झाडु बोकेर भानु चौकमा, खैनी र भोलाका खोल टिप्दै

धरानः धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved