इटहरी :नेकपा एकीकृत समाजवादी सुनसरी जिल्ला कमिटीका सचिवालय सदस्य तथा १ नम्बर प्रदेश कमिटी कार्यालय सचिव आत्माराम धमलाको मोटरसाईकल दुर्घटना परि निधन भएको छ । बुधबार मात्रै मोटरसाइकल दुर्घटनामा परेका धमलाको उपचारका क्रममा शुक्रबार निधन भएको हो । गम्भिर घाइते भएपछि उनलाई विराटनगर स्थित नोवल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा उपचारार्थ भर्ना गरिएको थियो ।
उनको मृत्युलाई दुखद भन्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य केशव कुमार विष्टले माक्सवाद लेलिनवादलाई मार्ग दर्शक शिद्धान्त मानेर इमानको जिन्दगी बाँचिरहेका धमलाको मृत्युले पार्टीमा ठुलो क्षति पुगेको र देशले योद्धा गुमाएको टिप्पणी गरेका छन् ।
निजामति कर्मचारीको रुपमा सेवा गरेका धमला पछिल्लो समय सक्रिय रुपमा नेकपा एकिकृत समाजवादीको राजनितिमा लागेका थिए । पार्टीको सुनसरी जिल्ला कमिटिका अध्यक्ष गोविन्द निरौलाले धमलाको भौतिक शरिर हामीबाट विदा भएपनि पार्टीको सम्झनामा उहाँ सधै रहिरहने टिप्पणी गरेका छन् । निरौलाले धमलाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दैै शोकसन्तप्त परिवारजनम धैर्य धारणा गर्ने शक्ति प्राप्त होस भन्ने कामना गरेका छन् ।
धमलाको शुक्रबारै इटहरी स्थित बुढिगँगा घाटमा दाहसंस्कार गरिएको छ ।