दमक :झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर २ हुम्से–दुम्से सामुदायिक जंगल बाट गाँजा र चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चेक्रिङ्गका क्रममा प्रहरीले ईलाम माईसेबुङ गाऊपालिका २ का ३२ बर्षीय दिपेन्द्र राई र सोहि स्थानका १९ बर्षीय नुवसन मुखियालाई पक्राउ गरेको बताएको छ ।

gaja
प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार शुक्रबार बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले दुवै जना सवार रहेको मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको बताइएको छ ।
लागुऔषध फेला परेपछि प्रहरीले मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको बताएको छ ।