काठमाण्डौ :युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका अनामनगर बस्ने बाग्लुङ निसीखोला गाउँपालिका वडा नम्बर १ पाखापानी स्थायी ठेगाना भएका ३१ वर्षीय राम बहादुर मल्ललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

 

मल्लले आफ्नो   साथीभाइ अनलाइन टिभि नामक युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई सामाजिक सञ्जालमा प्रसारण गरेको भन्दै प्रहरीले पक्राउन गरेको जनाएको छ ।

मल्लले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

     पक्राउ परेका मल्ल उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको  छ ।