इटहरीः वरिष्ठ साहित्यकार गाणेश रसिककी धर्मपत्नी नीरा रसिकको निधन भएको छ ।

बुधबार साँझ चार बजे उनको निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएसँगै तीन सातायता उनी काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेकी थिइन् । ६६ वर्षीया नीराका श्रीमान र एक छोरी छन् । दुई सन्तानमध्ये छोरा निमेशको भने निधन भइसकेको छ । नीराको आज बिहान ११ बजे पशुपतिमा आर्यघाट (विद्युतीय शबदाह गृह)मा अन्त्येष्टि गरिने पारिवारिक बासु शशी स्मृति परिषदका सदस्य प्रद्युम्न जोशीले जानकारी दिए ।