इटहरीः झापाका नेकपा एमाले नेता ज्ञानु प्रसाईको आफैँले चलाएको कार दुर्घटनामा परी निधन भएको छ ।
प्रसाईले चलाएको को १६ च ८१८२ नम्बरको कार पूर्वपश्चिम राजमार्गको चारआली चन्द्रगढी सडकखण्डमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकसँगैको पर्खालमा ठोक्किएपछि उनी गम्भीर घाइते भएका थिए । बिहान करिब ११ः०० बजे दुर्घटनामा परी घाइते भएका प्रसाईलाई उपचारार्थ भद्रपुरस्थित मेचि अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनको दिउँसो १२ः१५ बजे निधन भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने भन्दै विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिए । ४६ वर्षीय नेता प्रसाई नेकपा एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईका पति हुन् ।