इटहरीः नेपाली चलचित्रकी नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् ।
उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । नायिका कुँवर लामो समयदेखि डिप्रेसनमा रहेकाले सोही कारणले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आत्महत्या गर्नुअघि नायिका कुँवरले लेखेको सुसाइड नोट फेला परेको बताउँदै प्रहरीले सोही आधारमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ । नेपाली चलचित्रहरु मैदान, धुम, मिस्टर डन, हलचल, घायल, विन्ती पत्र, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ आदिमा अभिनय गरेकी नायिका कुँवरले निर्मात्रीका रुपमा समेत काम गर्दै आएकी थिइन् ।