इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय र यस मातहतका वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु तत्कालका लागि बन्द हुने भएका छन् ।
जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण फैलँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले असार १ देखि ७ गतेसम्म निषेधाज्ञा यथावत राख्ने निर्णय गरेकोमा सो अवधिसम्म उपमहानगरपालिका र मातहतका वडा कार्यालयको सेवा पनि बन्द हुने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । निषेधाज्ञा अवधिमा पनि ती कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा भने यथावत रहने सुवेदीले प्रष्ट पारे ।