इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा सञ्चालित बैँक तथा वित्तीय सँस्थाहरु हप्तामा तीन दिन सञ्चालन गर्न अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा तथा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार बैंक तथा वित्तीय सँस्थाहरुले सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गर्न सक्ने प्रबन्ध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको नयाँ भेरियन्टसहितको संक्रमण विस्तार हुनबाट रोक्न यसअघि जारी गरेको निषेधाज्ञा आज मध्यराति सकिन लागेकोमा असार ७ गतेसम्मका लागि निषेधाज्ञा यथावत राख्ने निर्णय गरेको छ ।

bank itahari notice.