धरानः सेवा,साधना तथा सत्संगलाई आफनो मूल मन्त्र बनाई योग,ध्यान,प्राणायाम र सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सँस्था द आर्ट अफ लिभिङले खाद्यान्न वितरण गरेको छ ।

सँस्थाको सुनसरीको धरानस्थित शाखाले सोमबार धरान ५ तल्लो देउरालीस्थित सुकुम्बासी बस्तिमा रहेको दैनिक गरिखाने वर्ग तथा लकडाउनबाट प्रभावित ५८ घर परिवारलाई उक्त खाद्यान्न सहयोग गरेको हो । सँस्थाको नेपालस्थित काठमाडौँमा रहेको कार्यालय र धरानस्थित सुनसरी जिल्लाकी संयोजक पार्वति श्रेष्ठको आर्थिक सहयोगमा उक्त प्रभावित दैनिक गरिखाने वर्गका मानिसहरुलाई ५२ हजार रकम बराबर खाद्यान्न सहयोग गरेको सँस्थाले जनाएको छ ।

received_1275001936249026

 

सँस्थाकी संयोजक पार्बती श्रेष्ठका अनुसार उक्त खाद्यन्न राहतमा प्रतिपरिवार १० केजी चामल, एक केजी दाल, एक लिटर तेल, एक केजी सोयाबिन र बिस्कुट हस्तान्तरण गरेको जनाएको छ । गत साल पनि संस्थाले कोरोना महामारीले गर्दा लकडाउन भएसँगै सबै क्षेत्र बन्द भएपछि खाद्यन्न प्रदान गरेको थियो । उक्त खाद्यान्न वितरणका लागी धरान इङ्ग्लिस बोर्डिङ स्कुलका अध्यक्ष दिनेश जिमीलगायतले सहयोगी भूमिका खेलेका थिए ।