इटहरीः प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेकोसँगै गैर कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि उच्च रहेको छ ।

गत चैत्रदेखि आइतबारसम्म झण्डै तीन महिनको अवधिमा प्रदेश १ मा गैर कोरोनाबाट मृत्यु हुेनको संख्या पाँच सयको हाराहारीमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत,सह–प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । २०७६ सालबाट कोरोनाले प्रभाव परेकोमा अहिलेसम्म प्रदेश १ मा कूल ६५ हजार ६ सय ७५ जना संक्रमित भएका छन् । जसमध्ये ४८ हजार ८ सय ८० जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् भने १५ हजार ७ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् । झण्डै कोरोना फैलिएको दुई वर्षको अवधिमा प्रदेशमा एक हजार ४७ जनाको मृत्यु भएको छ । गैर–कोरोनाका कारण मृत्यु हुनेको संख्या हेर्ने हो भने यो संख्या अतिनै न्यून रहेको छ ।

सवारी दुर्घटनामा ९१ जनाको मृत्यु
बितेको तीन महिनामा प्रदेश १ मा सवारी दुर्घटनामा परेर ९१ जनाको मृत्यु भएको प्रहरी उपरीक्षक (एसपी) श्रेष्ठले जानकारी दिएका छन् । यो अवधिमा प्रदेश १ का १४ जिल्लामा एक हजार दुई सय ७३ वटा सवारी साधन दुर्घटनामा परेकामा ९१ जनाको मृत्यु भएको हो । प्रदेशको तथ्याङ्का अनुसार झापा, मोरङ, सुनसरी र उदयपुरमा दुर्घटना र यसबाट मृत्यु हुनेको संख्या उच्च रहेको छ । प्रहरीको तथ्याङक अनुसार तीन महिनामा मोरङमा चार साय ९६ वटा सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परेर ३६ जनाको मृत्यु भएको छ भने चार सय ९६ जना घाइते भएका छन् । यस्तै सुनसरीमा तीन सय ८८ वटा सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन सय ७१ जना घाइते भएका छन् । झापामा दुई सय ३५ वटा सवारी साधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने २ सय ८६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

यसैगरी उदयपुरमा एक सय ११ वटा सवारी साधन दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन् । इलाममा ११ वटा सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । धनकुटा, ताप्लेजुङ र संखुवासभामा सम्मान एक÷एक सवारी साधन दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । जसमध्ये ताप्लेजुङ र धनकुटामा एक एक जनाको मृत्यु भएको छ भने संखुवासभामा तीन महिनामा दुर्घटनामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । धनकुटामा घाइते संख्या शून्य रहेको छ भने ताप्लेजुङ र संखुवासभामा मृत्यु संख्या एक एक रहेको छ । यस्तै पाँचथरमा बितेको तीन महिनामा सात वटा सवारी दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यस्तै ओखलढुङगामा चार जना, खोटाङमा तीन जना, भोजपुरमा दुई, तेह्रथुममा एक जनाको मृत्यु भएको छ । सोलुखुम्बुमा भने दुर्घटनामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

झण्डै चार सयले आत्महत्य गरे
बितेको तीन महिनामा आत्महत्या गर्नेको संख्या पनि प्रदेश १ मा उच्च रहेको छ । तुलनात्मक रुपमा आत्महत्या गर्नेमा पुरुषको संख्या उच्च रहेको छ । महिला तथा बालबालिकाको संख्या पनि उल्लेख्य मात्रामा रहेको छ । प्रदेश १ का १४ जिल्लामा झुण्डिएर, विष सेवन गरेर, हामफालेर, विभिन्न औजार प्रयोग गरेर तीन सय ८३ जनाले आत्महत्या गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् । जसमा दुई सय २१ जना पुरुष, एक सय २८ जना महिला, २० जना बालक र १४ जना बालिका रहेका छन् । यो अवधिमा झापामा मात्रै ९३ जनाले आत्महत्या गरेका छन् ।

उनीहरुमध्ये ८७ जनाले झुण्डिएर, ४ जनाले विष सेवन गरेर र दुई जनाले औजार प्रयोग गरेर आत्महत्य गरेका हुन् । यस्तै सुनसरीमा ६४ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार सुनसरीमा झुण्डिएर ५३ जना र विष सेवन गरेर ११ जनाले आत्महत्य गरेका छन् । मोरङमा ५७ जनाले आत्महत्या गरेका छन् । यस्तै उदयपुरमा ४ जना, ताप्लेजुङमा १२ जना, संखुवासभामा १५ जना, भोजपुरमा १७ जना, सोलुखुम्बुमा १९ जना पाँचथरमा १२ जना, इलाममा १८ जना, ओखलढुङ्गमा १३ जना, तेह्रथुममा ७ जना, खोटाङमा ११ जना र धनकुटामा १२ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।