ह्वेलले निलेर ओकलिदिएपछि अमेरिकाका एक व्यक्ति फेरि बाँच्न सफल भएका छन् ।

म्यासाचुसेट्सको प्रोभिन्सटाउन सहर नजिकै समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डलाई हम्पब्याक ह्वेलले निलेपछि ओकलिदिएको थियो । ह्वेलको मुखभित्र परेको प्याकर्डलाई करिब ३० देखि ४० सेकेन्डपछि ह्वेलले थुकिदिएको थियो । प्याकर्डका अनुसार समुन्द्रको पानीमा हाम फाल्दा उनले ठूलो बस्तु आफ्नो अगाडि देखेपछि सबैकुरा कालो भएर गएको थियो । ठूलो सेतो सार्कले आक्रमण गरेको अनुमान गरेका उनले वरिपरि सार्कको जस्तो दाँत नभएको महसुस गरेपछि आफू ह्वेलको मुखभित्र रहेको र ह्वेलले निल्न खोजेको उनको भनाइ छ ।

आफू मर्छु होला सोचेर उनले आफ्नो पत्नी र दुई सन्तानलाई सम्झिए । त्यसपछि अचानक उनलाई पानीमाथि फालिएको थियो र उनी पानीमा खसेका थिए । उनका सहकर्मीले देखेपछि उनलाई डुङ्गामा ल्याएका थिए । उनको घुँडामा चोट लाग्नुबाहेक अन्य केही नभएको हुँदा अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ । -बीबीसीबाट