इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका १५ घर भएका ३४ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार जेठ ७ गते कोरोना संक्रमण पुष्टि भई ९ गते उपचारार्थ प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान १२ः०५ बजे ज्यान गएको हो । मृतक पुरुषमा कुनै दीर्घरोग नरहेको प्रतिष्ठानले जनाएको छ ।