धरानः को ३५ प ३८३७ नम्बरको एभेन्जर मोटरसाइकलमा सवार ६० वर्षीय रत्नबहादुर राईलाई एम्बुलेन्सले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।

घाइते राई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सुनसरी जिल्ला सचिवालय सदस्य अशोक राईका पिता हुन् । ठक्कर दिँदा मोटरसाइकलमा क्षति भएको साथै रत्नबहादुरकोे दायाँ खुट्टाको जोर्नी र कम्मरको हड्डीमा समस्या भई हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको र शल्यक्रिया गर्नुपर्ने भएको नेकपा माओवादी केन्द्र धरानका सचिव सुदर्शन श्रेष्ठले जानकारी दिए ।

FB_IMG_16235460475954733

३६ वर्षीय एम्बुलेन्स चालक अर्जुन तामाङ धनकुटाको हिले १ का हुन् भने एम्बुलेन्स विजयराज हस्पिटल प्रा.लि.को यातायातमा दर्ता गर्न तयारी अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।  एम्बुलेन्समा बिरामीविहीन सामग्री ओसारपसार गर्दै आएको कुरा सार्वजनिक भएको छ । एम्बुलेन्समा चामल, माछा र अन्य खाद्यान्न रहेको थियो भने प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।