धरानः नेकपा माओवादी केन्द्रका भातृ संगठन वाईसीएल नेपाल सुनसरीले राहत वितरण गरेको छ ।

केन्द्रका सुनसरी जिल्ला अध्यक्ष भुवन याक्खा र वाईसीएल नेपाल सुनसरी जिल्ला इन्चाज पूर्णबहादुर भुजेल (चिन्तन )को सकृयतामा वराहक्षेत्रका ३५ घर परिवारलाई राहत वितरण गरिएको हो । वराहक्षेत्रका वाईसीएल अध्यक्ष प्रेम कार्कीको रोहवरमा अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई अवस्था हेरी आवश्यक खाद्य सामग्री वितरण गरिएको इन्चार्ज भुजेलले जानकारी दिए ।

राहतस्वरुप ७ क्विन्टल चामल र नुन तेल लगायतका खाद्य तथा स्वास्थ सुरक्षाका सामग्रीहरु वाईसीएलद्वारा वितरण गरिएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै गरीब तथा अपाङ्गता भएकाहरुलाई बढी समस्या भएको र सरकारले आवशयक राहत प्याकेज नल्याएको भन्दै युवाहरु आफैँ समाजसेवामा अग्रसर भएको जिल्ला अध्यक्ष याख्खाले बताए ।

FB_IMG_16235055842009141