इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाले कोरोना विरुद्धको खोप कोभिसिल्डको दोश्रो मात्रा लगाउन बाकी रहेकाहरुलाई पत्रकार सम्मेलन गर्दै खोप लगाउन अनुरोध गरेको छ ।
धरानमा २०७७ साल माघ १४ गतेदेखि फागुन ११ गतेसम्म कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा लगाइ दोश्रो मात्रा छुट भएका व्यक्तिहरुको लागि दोश्रो मात्रा खोप लगाउने कार्यक्रम सञ्चालन हुने भएको छ । सञ्चालित खोप कार्यक्रममा दोश्रो मात्रा खोप छुट भएका व्यक्तिहरुको लागि मिति २०७८ साल आषाढ १ गते मंगलबार एक दिन धरान स्वास्थ्य चौकी छाता चौकमा बिहान १० बजेदेखि अपराहन्न ४ बजेसम्म सञ्चालन हुने भएको हो ।
धरान उपमहानगरपालिका अन्तर्गतका विभिन्न खोप केन्द्रहरुबाट मिति २०७७ साल माघ १४ गतेदेखि फागुन ११ गतेसम्म जम्मा एक हजार तीन सय ६६ जना व्यक्तिलाइ कोरोना विरुद्धको भारतीय खोप कोभिशिल्ड लगाइएकोमा मिति २०७८ साल वैशाख ७ गते देखि ११ गते सम्म कोभिशिल्डको दोश्रो मात्रा खोप सञ्चालन भई अधिकांश व्यक्तिलाइ दोश्रो मात्रा पूरा भएको तर विभिन्न कारणवश छुटेको थियो । त्यसैल अनिवार्य आफ्नो खोप कार्ड लिई दोश्रो मात्राको खोप लगाउन धरान उपमहानगरपालिका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले अनुरोध गरेका छन् ।