अदिसअबाबा: अफ्रिकी मुलुक इथियोपियाको टिग्रे इलाकामा भोकमरी र कुपोषणका कारण ३३ हजार बालबालिकाको ज्यान जाने जोखिम रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले चेतावनी दिएको छ ।

सरकारी सुरक्षाबल र विद्रोहीबीच लगातार भइरहेको संघर्षका कारण त्यहाँमा मानवीय संकट पर्दैछ । मानिसहरूले पेट भर्न पाएका छैनन् भने बालबालिकाहरूको अवस्था झनै दयनीय छ । सन् २०२० को नोभेम्बरदेखि त्यहाँ सरकार र विद्रोही पक्षबीच लडाइँ सुरु भएको थियो। अहिलेसम्म टिग्रेबाट करिब २७ लाख मानिस विस्थापित भैसकेका छन् । यूनिसेफले गरेको एक अध्ययनअनुसार सो इलाकामा रहेका करिब ३ लाख ४३ हजार मानिसहरूले यतिखेर गम्भीर संकट भोगिरहेको छन् । सो अध्ययनले भोकका कारण करिब ३३ हजार बालबालिकाको ज्यान जाने अवस्था औंल्याएको हो ।

इथियोपिया सरकारले भने संयुक्त राष्ट्रसंघको सो अध्ययनमा भएअनुसारको दाबीमा असहमति जनाउँदै टिग्रेमा आवश्यक सहायता पठाइरहेको दाबी गरेको छ । युनिसेफले टिग्रेको ग्रामिण क्षेत्रमा मानवीय सहायता पु¥याउन आग्रह गरिरहेको छ । -एजेन्सी