इटहरीः चलचित्र “चुरीफुरी“ परिवारले कोरोना महामारीले गरिएको लकडाउनले गर्दा काम गरेर खान नपाएका परिवारहरुलाई काठमाडौँको बसुन्धरामा रहेका केही पीडितहरुलाई खाद्यान्न तथा मास्क प्रदान गरेको छ ।
गत १६ वैशाखदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका केही एकल महिला, अपांग तथा मृगौलाको बिरामी र ज्यालामजदुरहरुलाई चामल, तेल,नुन, बिस्कुट ,मास्क जस्ता सामग्री करिब २० देखि एक महिनालाई पुग्ने गरी प्रदान गरिएको छ । सो क्षेत्रका २५ परिवारलाई २५ बोरा चामल सहित विभिन्न खाद्य सामग्री प्रदान गरिएको चुरीफुरीका निर्माता निर्देशक ऋषिराज आचार्यले बताएका छन् । चलचित्र चुरीफुरीको तर्फबाट गरिएको राहत वितरण चलचित्र निर्देशक तथा निर्माता ऋषिराज आचार्य र सह निर्माता बिमला भुसालले राहत वितरण गरेका हुन । महामारीमा थोरै भएपनी राहत होस् भनेर केही पीडितहरुलाई राहत बाँडेर सेवा गर्न पाएकोमा आफूलाई खुसी लागेको निर्देशक आचार्य बताउँछन् । चलचित्र चुरीफुरी आगामी १ असोजमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।
यो फिल्ममा रवीन्द्र झा, अभिषेक श्रेष्ठ, राजीवजङ्ग बस्नेत, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी ),सुरवीर पण्डित, सुनिता श्रेष्ठ , ऋतु आचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल(जोया), महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, सरिस्मा मगर, तुलसीप्रसाद श्रेष्ठ, रश्मि आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, जि.पि.पाठक, मनिल तामाङ आदि कलाकार छन् । यो फिल्मको सह निर्मातामा बिमला भुसाल ,राजेन्द्र खाती, शिव थापा, निर्मातामा ऋषिराज आचार्य, रिना ढकाल भण्डारी र लेखक निर्देशकमा आचार्य आफैं छन् ।