इटहरीः सुनसरीको इटहरीमा रहेको बोर्डिङ्ग माध्यमिक विद्यालय (सेकेण्डरी बोर्डिङ स्कूलमा वि.स.२०४९\५० सालमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको समूहले कोविडको महामारीका समयमा आम नागरिकले सुलभ र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले करिब ३ लाख ३७ हजार रुपैयाँ बराबरका स्वास्थ्य उपकरण तथा सामाग्रीहरु हस्तान्तरण गरेका छन् । 

पूर्वविद्यार्थी समाजका संयोजक डा. बेन लिम्बूले इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीलाई उक्त सामग्रीहरु इटहरी अस्पतालमा आज एक कार्यक्रमबीच हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा डा. लिम्बूले आफू पनि इटहरीको बासिन्दा भएको, आफ्ना आमा बुबा पनि यही इटहरीमा रहेको र आफ्नो जस्तै सबैका आमा बुबा र घरपरिवारका सदस्य आफ्ना पनि आमा बुबा र सदस्य भएकोले इटहरीवासीको नाताले ब्याची साथीहरुसँग सल्लाह गरेर छोटो समयमा उक्त रकम संकलन गरी स्वास्थ्य उपकरण खरिद गरेको र आम नागरिकको सरल उपचारका लागि प्रयोग होस् भन्ने हेतुले उक्त उपकरणहरु वितरण गरेको बताए । वितरित सामग्रीहरुमा नन् इन्भेसिभ भेन्टिलेटर १ थान, थरमल गन १० थान, पल्स अक्सिमिटर १० थान, मेडिकल स्ट्रेचर चक्का सहितको ९ थान, रबराईज्ड पिपिई सेट २५ थान, एन ९५ माक्स १०० थान, फेस माक्स १२ हजार ५ सय थान लगायतका सामग्रीहरु रहेका छन् । 

4

उक्त हस्तान्तरण समारोहमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चाधरीले इटहरीका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा भावले गरिएको सहयोग महत्वपूर्ण रहेको र यसलाई सहि सदुपयोग गरेर नागरिकको स्वास्थ्यलाई जोगाउन काम गरिने बताए । उक्त कार्यक्रममा इटहरी अस्पतालका डाक्टरले स्रोत र साधनको कमी भइरहेको अवस्थामा यो सहयोगले नागरिकको स्वास्थ्य उपचारमा मद्दत पुग्ने बताउँदै यसको भरपुर उपयोग र जनस्वास्थ्य प्रतिको सेवाभाव मजबुत् हुने बताए ।

कार्यक्रममा पूर्वविद्यार्थीहरु अनुरोध थापा, राजु थापा, सुमित थापा, रन्जन ओझा, लगायतले सहयोगको सानो प्रयास भए पनि भविष्यमा इटहरी अस्पताललाई मजबुत र सुविधासम्पन्न बनाउन आफूहरुको पहल रहने जानकारी दिए । रिना सुब्बा, विनोद खड्का, यसोदा राई, भोज सिग्देल, बेन लिम्बू, अरुणा लिम्बू, कमल राठी, विकास काफ्ले, प्रमिला कडेँल, मञ्जु सुवेदी, प्रताप राई निरज खड्का, रवि न्यौपाने, सौरभ आचार्य, शेखर खनाल, प्रज्वल क्षेत्री, उत्तम बराल र सञ्जु शर्माले जनही सहयोग रकम संकलन गरका थिए ।

5