धरानः युवा व्यवसायी तथा नेपाली कांग्रेसका युवा नेता सन्तोष विकले दैनिक ज्यालादारी गरेर जीवीको पार्जन गर्दै आएका मजदुरहरुलाई राहत वितरण गरेका छन् ।
आज सुनसरीको धरान १० स्थित नारायण चोकमा विकले ४० जना मजदुरहरुलाई राहत सामग्री वितरण गरेका हुन् । विकले मजदुरहरुलाई चामल, दाल, तेल, नुन, सोयाबिन लगायतका खाद्यान्न सामग्रीसहित माक्स पनि सहयोग गरेका हुन् । कोरोना महामारीको विषम परिस्थितिमा दैनिक ज्यालादारी गरेर हातमुख जोड्ने मजदुरहरुलाई समस्या भएको र सरकारले पनि कुनै राहत प्याकेज नल्याएको भन्दै आफूले नै सकेको सहयोग गरेको युवा व्यवसायी तथा नेता विकले बताए ।