इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ६ घर भएका ७९ वर्षीय ज्येष्ठ नागरिक पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार जेठ २१ गते कोरोना संक्रमण पुष्टि भई २२ गते उपचारार्थ प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएका पुरुषको उपचारका क्रंममा आज बिहान ६ः०० बजे ज्यान गएको हो । मृतक पुरुषमा कुनै दीर्घरोग नरहेको प्रतिष्ठानले जनाएको छ ।