बेलबारीः मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वमंसेवक विद्यार्थीहरुले नगर भित्रका कोरोना संक्रमितहरुको घर घरमा पुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन् ।
नगरपालिकामा कोरोना संक्रमण घटाउने उद्देश्यका साथ सञ्चालित अभियानमा मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरुसमेत वितरण गर्ने गरिएको छ । कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने विद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन, पीपीई, पञ्जा, मास्क तथा सेनिटाइजर उपलब्ध गराउने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।