इटहरीः व्यवसायी शिवप्रसाद घिमिरेले सञ्चालन गरेको एस.जी समुहले सुनसरी र मोरङमा सरकार र गैरसरकारी क्षेत्रले सञ्चालन गरेको आइसोलेसन सेन्टरहरुलाई आवश्यक स्वास्थ्य सामग्री निशुल्क प्रदान गरेको छ ।

समुहले मंगलबार मात्रै सुनसरीको इटहरी उपमहानगरपालिका, उद्योग वाणीज्य संघ इटहरी, इनरुवा नगरपालिका, हरिनगरा गाउँपालिका र मोरङको सुन्दरहैँचा नगरपालिकालाई अक्सिजन सिलिन्डरसहित अन्य आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । समुहका सञ्चालक घिमिरेका अनुसार अक्सिजन व्याग ५० थान, सर्जिकल मास्क ५०० थान, ४० लिटर क्षमताको अक्सिजन सिलिन्डर ८ थान, १० लिटर क्षमताको अक्सिजन सिलिन्डर ३ थान, अक्सिमिटर ४ थान, अक्सिजन मास्क २५ थान र केहि ठाउँमा एल.पि.जी सिलिन्डर पनि वितरण गरिएको छ । वितरण गरिएका स्वास्थ्य सामग्री एस.जि समुह आफँैले आयात गर्दै आएको छ । अहिले वितरण गरिएका सबै सामग्री समुहले चीनबाट आयात गरेको हो ।