इटहरीः ओखलढुङ्गामा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

सिँचाईका लागि लगिएको कुलोको पानीमा डुबेर मोलुङ गाउँपालिका – ७ का २५ वर्षीय रविन अधिकारीको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार मोलुङ खोलामा साथीहरुसँग माछा मार्न गएका अधिकारी घर फर्कने क्रममा सोमबार दिउँसो ४ बजेतिर लडेर कुलोमा डुबेका थिए । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।