इटहरीः मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षीय मनिराम चौधरी रहेका छन् । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा घरनजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए ।