इटहरीः प्रदेश १ मा आज तीन सय ४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सुनसरीमा ५१, मोरङमा एक सय ९५, झापामा ३६, तेह्रथुममा २६, सङ्खुवासभामा नौ, पाँचथर, इलाम र भोजपुरमा चार–चार, उदयपुरमा तीन, ओखलढुङ्गा र धनकुटामा एक–एक र र प्रदेश १ बाहिरका १५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा आज एक हजार एक सय १३ जनाको पिसिआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये एक सय ६५ पुरुष र एक सय ८४ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै प्रदेश १ मा कोरोना सक्रमितको सङ्ख्या ६१ हजार नौ सय ८६ पुगेको छ ।

आज सुनसरीको बर्जुमा १२, इटहरीमा ११, धरानमा आठ, दुहवीमा ६, इनरुवामा चार, रामधुनी र गढीमा तीन–तीन, भोक्राहानरसिंह र बराहक्षेत्रमा एक–एक र स्थानीय तह नखुलेका स्थानमा दुई जनाको रिपोर्ट पोजिटिभ आएको छ । यस्तै, मोरङको विराटनगरमा एक सय २३, सुन्दरहरैँचामा २५, बूढीगङ्गामा २१, बेलबारीमा १३, कानेपोखरी, केराबारी, रतुवामाई, कटहरी, सुनवर्षी र लेटाङमा दुई–दुई, ग्रामथानमा १, यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४१ हजार ६ सय ४० पुगेको छ । प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार तीन सय ७५ रहेको छ ।