धरानः देशभर सुरु हुने खोप अभियान कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखी धरानमा तीन दिन चाइनिज भ्याक्सिनको पहिलो मात्रा दिन लागिएको हो ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचना जारी गर्दै जेठ २५, २६ र २७ गते छाता चोकस्थित स्वास्थ्य चौकीमा खोप लगाउने भएको हो । सो खोप ६० बर्षदेखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकहरुलाई लगाइने सूचनामा उल्लेख गरिएको छ । उक्त विषयमा २० वटै वडा कार्यालयहरुलाई पत्राचारसमेत गरिएको छ । यसअघि कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कर्मचारीलगायतलाई भारतले अनुदान दिएको खोप कोभिशिल्ड लगाइएको थियो ।

FB_IMG_16229797138868155

 

अझै पनि कतिपयले उक्त खोपको दोस्रो डोज लगाउन बाँकी छँदै चाइनिज भ्याक्सिन भेरोसेल लगाउने सूचना धरान उपमहानगरपालिकाले दिएको छ । यस्तो अवस्थामा भारतीय भ्याक्सिन कोभिशिल्डको गुणस्तर र सहजतामै प्रश्न चिन्ह उठेको छ । भारतीय भ्याक्सिनभन्दा चाइनिज भ्याक्सिन भेरोसेलको प्रभावकारितामा विश्वास गर्दै आएका जनमानसमा यस्तो कार्यले कस्तो अवस्था सिर्जना गर्ने हो ? विज्ञहरु र अनुसन्धानकर्ताहरुले पनि कोभिशिल्डभन्दा भेरोसेलको प्रभावकारिताबारे टिप्पणी दिँदै आएका छन् ।