इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले उपममहानगर क्षेत्रमा सञ्चालित बैँक तथा वित्तीय सँस्थाहरु हप्तामा तीन दिन पूर्ण रुपमा सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको महामारी तिव्र गतिमा फैलिरहेको र जिल्लामा मानवीय क्षतिसमेत भइरहेको तथ्यलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सोही निषेधाज्ञाका कारण बैँक तथा वित्तीय सँस्थासमेत बन्द रहेका छन् ।

बैँक तथा वित्तीय सँस्था बन्द रहँदा सर्वसाधारणको काम प्रभावित भएकाले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार बैँक तथा वित्तीय सँस्था खुला गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले बताए । बैँक सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको भने कडाइका साथ पालना गर्नुपर्नेछ ।

banking transaction open.